प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN
Latest Updates
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

अनुष्‍ठान

"अन्तरदेशीय तथा संगठित अपराधको रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रभावकारी संयन्त्र निर्माण गरी प्रचलित नेपाल कानूनको संरक्षण र संम्वर्धन गर्दै शान्ति सुव्यवस्था कायम गर्ने ।"

मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुरोध ।
२०८२-०२-२६

WhatsApp, Viber लगायतका Digital Social Platform हरुमा नजिकको चिनजानका साथीहरु र आफन्तहरुलाई भारतमा राम्रो कम्पनीमा बिभिन्न पोष्टहरु जस्तै सेक्युरिटीगार्ड, सुपरभाईजर, प्याकिङ लगायतका क्षमताअनुसार सबै पोष्टहरुमा आकर्षक तलब र सेवा सुविधा सहित राम्रो कामको अवसर छ भनी एजेन्टहरु समेत खडागरी झुक्यानमा पारी भारतको सीमा सम्म बोलाई भारतको बिभिन्न ठाँउहरुमा लगी उनीहरुलाई काउन्सिलिङ गरी ठुलो संख्यामा नेपालीहरुलाई होस्टेलमा राखी ठगी गर्ने घटनाहरु बढीरहेको प्रति मानव बेचबिखन अनुसन्धान ब्युरोको गम्भिर ध्यानआकर्षण भएको छ। यस सम्बन्धमा नेपाल भारतको विभिन्न सीमा नाकाहरुबाट भारतको बिहार राज्यको Muzaffarpur तथा सोहि ठाउँको खपडा मन्दिर नजिक आसपासका क्षेत्रहरुमा र उत्तर प्रदेश स्थित रुद्रपुर भन्ने ठाउमा फेक कम्पनीहरु (Revibe Manufacturing Company Ltd, Modern Fashion Trade Mart, Revive Skill Development And Trading LLP) स्थापना गरी झुक्क्याई भारतमा लग्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको, उक्त कम्पनीले WhatsApp मार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई कर्मचारी भर्ना छनोट सम्बन्धि नक्कली कागजातहरु (Employee Provident Funds Scheme, Medical Insurance Form, Employee Agreement, Selected Candidate List, Company Appointment) सिर्जना गरी कर्मचारीको रुपमा छनोट गारिएको विश्वास दिलाई WhatsApp मार्फत पठाउने समेत गरेको, माथी उलेखित ठाउँमा पुर्याइ एक हप्ता तालीम गराए पश्चात भनिए अनुसारको काम लगाउने भनी विश्वास दिलाई Hold गर्ने गरेको साथै उक्त स्थानमा गएका नेपालीहरुलाई बिभिन्न प्रलोभन देखाई Pyramid Style Network बनाउन उत्प्रेरित गरी तालिमहरु संचालन गर्ने गरेको, अतः आश्वासन देखाए बमोजिमको कुनै पनि काममा नलगाउने र त्यसरी लगेका ब्यक्तिहरुबाट प्रारम्भिक चरणमा विभिन्न कागजातहरु बनाउने भनी भा.रु. ९,५००।- देखि १२,५००।- सम्म रकम असुल गरे पश्चात ती व्यक्तिहरुलाई हप्ता दश दिनको तालिम प्रदान गरी विभिन्न क्षेत्रको अनुभव प्राप्त गरेको कागजात बनाउन थप रकम रू. २,००,०००।- सम्म असुल गर्नुका साथै सोही बमोजिम ठगीका क्रियाकलापहरु सञ्चालन गर्नको लागी दवाव, प्रभाव र झुटो आश्वासनमा पारी सो कार्यमा लाग्नको लागि प्रेरित गर्ने गरेको हुँदा यस प्रकृतिको ठगीबाट जोगिन यस्ता बिज्ञापनहरु र कुनै प्रकारको आश्वासन, प्रलोभन तथा विश्वासमा नपर्नुहुन मानव बेचबिखन अनुसन्धान व्युरो हार्दिक अनुरोध गर्दछ।

  • कम्बोडिया पुर्‍याई बेचबिखन गर्ने अभियुक्तहरु धरौटीमा रिहा ।
    २०८२-०२-१३

    जाहेरवाली परिवर्तित नाम  बबरमहल (७७) लाई प्रतिवादी किसान राई समेतले कम्बोडियामा स्टोर किपरको काम गर्ने, मासिक रु.१ लाख कमाई हुने प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पठाउन खोज्दा कागजातहरु नमिलेको भनी फिर्ता गरेपछि प्रतिवादीहरुले अब भारत हुँदै जाने भनी मिति २०७६/११/१८ गते काँकडभिट्टाबाट भारत-म्यानमार-थाईल्याण्ड हुँदै कम्बोडिया पुर्‍याई जाहेरवालीलाई प्रतिवादीहरु केदार राई, सुरवीर राई र स्नेहा राई भन्ने स्नेह राईले रिसिभ गरी चिनिया नागरिक बस्ने घरमा पुर्‍याई घरायसी कामकाजमा लगाई दिने भनी यौन दुर्ब्यवहार गरी शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा जाहेरवाला भागी कम्बोडिया स्थित NRN संस्थाको सहयोगमा नेपाल फर्कन सफल भएको मानव वेचविखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरु मध्य किसान राई र हरी कुमार राई यस अघि नै पक्राउ परी सम्मानित काठमाडौँ जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं पुर्पक्षको लागि थुनामा गएको, उक्त मुद्दामा हालसम्म फरार रहेका प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राई विरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखाको अनुरोधमा ईन्टरपोल महासचिवालयद्वारा सन् २०२४ जुलाई १२ मा Diffusion जारी भएकोमा प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राईलाई मिति २०८२/०२/०९ गते त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा आगमन हुने क्रममा ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस ब्युरोमा दाखिला हुन आएकोमा निज प्रतिवादीहरुलाई मिति २०८२/०२/१३ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा सम्मानित काठमाण्डौं जिल्ला अदालतको आदेशले प्रतिवादीहरू केदार राई र स्नेहा राई भन्ने स्नेह राई प्रतिव्यक्ति रु. ६०,०००।–(साठी हजार मात्र) धरौटीमा छुटेको ।

    [ विस्तृतमा ]
  • चिनको डान्सबारमा बेचबिखन गर्ने प्रतिवादी पुर्पक्षको लागि कारागार चलान।
    २०८२-०२-०४

    जाहेरवाली कालिमाटी(ढ) लाई चिनको लिपिङ स्थित रहेको छिरिङ डान्सबारमा लगी ने.रु.१८,०००/-(अठार हजार )मा  बेचबिखन  गरेको  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा मिति २०८२/०१/०९ गते पक्राउ परेका प्रतिवादी आषिस नेपाली परियार भन्ने आशिष नेपालीलाई सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।०२।०४ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार  कार्यालय जगन्नाथदेवल थुनामा पठाएको

    [ विस्तृतमा ]
  • बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान ।
    २०८२-०२-०१

    जाहेरवाली २६ बबरमहल (३८६) लाई खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु रोशनी, डल्ली भन्ने सिता तामाङ र खुसी भन्ने विमला तामाङलाई सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।०२।०१ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको ।

    [ विस्तृतमा ]
कुनै परिणाम भेटिएन...
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-१२-२६ प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८१-१२-२६)
२०८१-१२-१७ प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१७)
२०८१-१२-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
२०८१-१२-११ प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-११)
२०८१-१२-१० प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८१-१२-१०)
२०८०-१०-१६ प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८०-१०-१६)
मानव बेचबिखन अनुसन्धान ब्युरो
सामाजिक सञ्जालमा

https://www.facebook.com/AHTBureau/ विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

जनचेतनामुलक लघु चलचित्र “मनशरा” | A short awareness movie
रेडियो कार्यक्रम
नेपालमा मा.बे. बि.को वर्तमान अवस्था र त्यसको अनुसन्धान तथा नियन्त्रणको बारेमा गरिएको कुराकानी

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।