प्रेस विज्ञप्ती
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
अनुष्ठान
"अन्तरदेशीय तथा संगठित अपराधको रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रभावकारी संयन्त्र निर्माण गरी प्रचलित नेपाल कानूनको संरक्षण र संम्वर्धन गर्दै शान्ति सुव्यवस्था कायम गर्ने ।"
-
बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान ।
२०८२-०२-०१जाहेरवाली २६ बबरमहल (३८६) लाई खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु रोशनी, डल्ली भन्ने सिता तामाङ र खुसी भन्ने विमला तामाङलाई सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।०२।०१ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको ।
[ विस्तृतमा ] -
मानव बेचबिखन कसूरका प्रतिवादी धरौटीमा रिहा ।
२०८२-०१-१५जाहेरवाला परिवर्तित नाम २६ बबरमहल २१४ लाई प्रतिवादीहरु लक्षीराम पुन समेतले अमेरिका पठाईदिन्छु भनि थाइल्याण्ड पुर्याई ३ महिना सम्म बन्धक बनाई त्यसपछी थाइल्याण्डबाट मेक्सिको लाने भनी फिलिपिन्स पुर्याई अलपत्र पारेको मानव बेचबिखन तथा ओसारपसार कसूरका प्रतिवादी लक्षीराम पुन मिति २०८२/०१/१५ गतेको सम्मानित काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशले रु.५,००,०००।–(पाँच लाख)मा धरौटीमा छुटको ।
[ विस्तृतमा ] -
बेचबिखन मानव मुद्दाको प्रतिवादी धरौटी रकम तिर्न नसकी थुनामा पठाइएको
२०८२-०१-०७जाहेरवाली परिवर्तित नाम २६ बबरमहल (२५०) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश लामा भन्ने सिसम लामा समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिवादीले जाहेरवालीहरुलाई जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटी स्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउसमा जवरजस्ती वेश्यावृत्तिमा लगाई वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी राकेश लामा भन्ने सिसम लामालाई यस ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०१/०३ गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटीबाट पक्राउ गरी सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०८२/०१/०७ गतेको आदेशले निज प्रतिवादीलाई १ लाख धरौटी माग भएकोमा सो रकम तिर्न नसकी थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं थुनामा पठाएको ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान ।
- मानव बेचबिखन कसूरका प्रतिवादी धरौटीमा रिहा ।
- “चीनको डान्सबारमा बालिका बेचबिखन गर्ने फरार प्रतिवादी ११ वर्ष पछि पक्राउ”-(मिति २०८२-०१-१० गते ।)
- “रोजगारीको प्रलोभन देखाई कम्बोडियामा साईबर दास बनाउने गिरोहमा संलग्न व्यक्ति पक्राउ”-(मिति २०८२-०१-१० गते ।)
- "५ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी पक्राउ”-(मिति २०८१-१२-२७ गते ।)
- प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८१-१२-२६)
- मानव बेचबिखन मुद्दाका प्रतिवादी पुर्पक्ष थुनाको लागि कारागार चलान
रिपोर्ट तथा प्रकाशन
