प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN
मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुरोध ।
२०८२-०२-२६

WhatsApp, Viber लगायतका Digital Social Platform हरुमा नजिकको चिनजानका साथीहरु र आफन्तहरुलाई भारतमा राम्रो कम्पनीमा बिभिन्न पोष्टहरु जस्तै सेक्युरिटीगार्ड, सुपरभाईजर, प्याकिङ लगायतका क्षमताअनुसार सबै पोष्टहरुमा आकर्षक तलब र सेवा सुविधा सहित राम्रो कामको अवसर छ भनी एजेन्टहरु समेत खडागरी झुक्यानमा पारी भारतको सीमा सम्म बोलाई भारतको बिभिन्न ठाँउहरुमा लगी उनीहरुलाई काउन्सिलिङ गरी ठुलो संख्यामा नेपालीहरुलाई होस्टेलमा राखी ठगी गर्ने घटनाहरु बढीरहेको प्रति मानव बेचबिखन अनुसन्धान ब्युरोको गम्भिर ध्यानआकर्षण भएको छ। यस सम्बन्धमा नेपाल भारतको विभिन्न सीमा नाकाहरुबाट भारतको बिहार राज्यको Muzaffarpur तथा सोहि ठाउँको खपडा मन्दिर नजिक आसपासका क्षेत्रहरुमा र उत्तर प्रदेश स्थित रुद्रपुर भन्ने ठाउमा फेक कम्पनीहरु (Revibe Manufacturing Company Ltd, Modern Fashion Trade Mart, Revive Skill Development And Trading LLP) स्थापना गरी झुक्क्याई भारतमा लग्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको, उक्त कम्पनीले WhatsApp मार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई कर्मचारी भर्ना छनोट सम्बन्धि नक्कली कागजातहरु (Employee Provident Funds Scheme, Medical Insurance Form, Employee Agreement, Selected Candidate List, Company Appointment) सिर्जना गरी कर्मचारीको रुपमा छनोट गारिएको विश्वास दिलाई WhatsApp मार्फत पठाउने समेत गरेको, माथी उलेखित ठाउँमा पुर्याइ एक हप्ता तालीम गराए पश्चात भनिए अनुसारको काम लगाउने भनी विश्वास दिलाई Hold गर्ने गरेको साथै उक्त स्थानमा गएका नेपालीहरुलाई बिभिन्न प्रलोभन देखाई Pyramid Style Network बनाउन उत्प्रेरित गरी तालिमहरु संचालन गर्ने गरेको, अतः आश्वासन देखाए बमोजिमको कुनै पनि काममा नलगाउने र त्यसरी लगेका ब्यक्तिहरुबाट प्रारम्भिक चरणमा विभिन्न कागजातहरु बनाउने भनी भा.रु. ९,५००।- देखि १२,५००।- सम्म रकम असुल गरे पश्चात ती व्यक्तिहरुलाई हप्ता दश दिनको तालिम प्रदान गरी विभिन्न क्षेत्रको अनुभव प्राप्त गरेको कागजात बनाउन थप रकम रू. २,००,०००।- सम्म असुल गर्नुका साथै सोही बमोजिम ठगीका क्रियाकलापहरु सञ्चालन गर्नको लागी दवाव, प्रभाव र झुटो आश्वासनमा पारी सो कार्यमा लाग्नको लागि प्रेरित गर्ने गरेको हुँदा यस प्रकृतिको ठगीबाट जोगिन यस्ता बिज्ञापनहरु र कुनै प्रकारको आश्वासन, प्रलोभन तथा विश्वासमा नपर्नुहुन मानव बेचबिखन अनुसन्धान व्युरो हार्दिक अनुरोध गर्दछ।

कम्बोडिया पुर्‍याई बेचबिखन गर्ने अभियुक्तहरु धरौटीमा रिहा ।
२०८२-०२-१३

जाहेरवाली परिवर्तित नाम  बबरमहल (७७) लाई प्रतिवादी किसान राई समेतले कम्बोडियामा स्टोर किपरको काम गर्ने, मासिक रु.१ लाख कमाई हुने प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पठाउन खोज्दा कागजातहरु नमिलेको भनी फिर्ता गरेपछि प्रतिवादीहरुले अब भारत हुँदै जाने भनी मिति २०७६/११/१८ गते काँकडभिट्टाबाट भारत-म्यानमार-थाईल्याण्ड हुँदै कम्बोडिया पुर्‍याई जाहेरवालीलाई प्रतिवादीहरु केदार राई, सुरवीर राई र स्नेहा राई भन्ने स्नेह राईले रिसिभ गरी चिनिया नागरिक बस्ने घरमा पुर्‍याई घरायसी कामकाजमा लगाई दिने भनी यौन दुर्ब्यवहार गरी शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा जाहेरवाला भागी कम्बोडिया स्थित NRN संस्थाको सहयोगमा नेपाल फर्कन सफल भएको मानव वेचविखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरु मध्य किसान राई र हरी कुमार राई यस अघि नै पक्राउ परी सम्मानित काठमाडौँ जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं पुर्पक्षको लागि थुनामा गएको, उक्त मुद्दामा हालसम्म फरार रहेका प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राई विरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखाको अनुरोधमा ईन्टरपोल महासचिवालयद्वारा सन् २०२४ जुलाई १२ मा Diffusion जारी भएकोमा प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राईलाई मिति २०८२/०२/०९ गते त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा आगमन हुने क्रममा ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस ब्युरोमा दाखिला हुन आएकोमा निज प्रतिवादीहरुलाई मिति २०८२/०२/१३ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा सम्मानित काठमाण्डौं जिल्ला अदालतको आदेशले प्रतिवादीहरू केदार राई र स्नेहा राई भन्ने स्नेह राई प्रतिव्यक्ति रु. ६०,०००।–(साठी हजार मात्र) धरौटीमा छुटेको ।

बेचबिखन मानव मुद्दाको प्रतिवादी धरौटी रकम तिर्न नसकी थुनामा पठाइएको
२०८२-०१-०७

जाहेरवाली परिवर्तित नाम २६ बबरमहल (२५०) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश लामा भन्ने सिसम लामा समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिवादीले जाहेरवालीहरुलाई जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटी स्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउसमा जवरजस्ती वेश्यावृत्तिमा लगाई वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी राकेश लामा भन्ने सिसम लामालाई यस ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०१/०३ गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटीबाट पक्राउ गरी सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०८२/०१/०७ गतेको आदेशले निज प्रतिवादीलाई १ लाख धरौटी माग भएकोमा सो रकम तिर्न नसकी थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं थुनामा पठाएको ।

सबै समाचार
बालिकालाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने गेष्ट हाउस सञ्चालक पुर्पक्षको लागि कारागार चलान- (मिति २०८१-१२-२९ गते)
२०८१-१२-२९

परिवर्तित नाम २६ बबरमहल (३८२) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी शम्भु लाल मल्ल भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।१२।०४ गते पक्राउ परेका जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं. ६ स्थाइ वतन भई जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु स्थितमा रहेको पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक शम्भु लाल मल्ललाई अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२९ गतेको थुनछेक आदेशले निजलाई पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।

महिलालाई इराकमा बेचबिखन गर्ने अभियुक्त पुर्पक्ष थुनाको लागि कारागार चलान
२०८१-१२-२७

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल ३७९ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिरा तामाङ समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दाका अभियुक्त जिल्ला नुवाकोट तारेकश्वर गाउँपालिका वडा नं.-५ बस्ने वर्ष ३४ को हिरा तामाङलाई आवस्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२७ गतेको थुनछेक आदेशले निजलाई रु. १,००,०००/- (एक लाख) धरौटी रकम माग भएकोमा उक्त रकम बुझाउन नसकी पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।

मानव बेचबिखन मुद्दाका प्रतिवादी पुर्पक्ष थुनाको लागि कारागार चलान
२०८१-१२-२२

जाहेरवाला परिवर्तित नाम काठमाण्डौ २६ सि.आई.बि. ४४० समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल कुमार न्यौपाने समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका-१ बस्ने वर्ष ४६ को कमल कुमार शर्मा भन्ने कमल कुमार न्यौपानेलाई खोजतलास गर्ने क्रममा नेपाल भारत सिमाना गड्डाचौकीबाट पक्राउ गरि आवस्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२२ गतेको थुनछेक आदेशले निजलाई पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।

महिलालाई भारत पुर्‍याई बेचबिखन गर्ने अभियुक्तहरु पुर्पक्षको लागि कारागार चलान (मिति:२०८१/१२/१९ गते।)
२०८१-१२-१९

जाहेरवाली परिवर्तित २६ बबरमहल ३८० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मान बहादुर तामाङ समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-७ बस्ने वर्ष ३२ को मान बहादुर तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-६ बस्ने वर्ष २४ को थोकर भन्ने सोम बहादुर तामाङलाई काठमाडौं जिल्ला अदालत बबरमहलको मिति २०८१।१२।१९ गतेको थुनछेक आदेशले  पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।  

बालिकालाई खाजाघरमा वेश्यावृत्तिमा लगाउने अभियुक्त पुर्पक्षको लागि कारागार चलान-(मिति २०८१-१२-०१ गते ।)
२०८१-१२-०१

परिवर्तित नाम २६ बबरमहल (३४६) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी रविना पाख्रिन समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।०६।१५ गते पक्राउ परेका जिल्ला सिन्धुपाल्चोक इन्द्रावती-४ घर भइ हाल जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.-५ शिवचोक बस्ने वर्ष ४० को सोम तामाङ भन्ने सोम बहादुर तामाङलाई मिति २०८१।१२।०१ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नथदेवल पठाएको ।

"बालिकालाई स्पामा वेश्यावृत्तिमा लगाउने महिला पुर्पक्षको लागि कारागार चलान"-(मिति २०८१-११-२७ गते ।)
२०८१-११-१७

परिबर्तित नाम २६ बबरमहल (३७७) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी स्मृति भन्ने रमिला गौतम भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।११।०२ गते पक्राउ परेकी जिल्ला काभ्रेपलाञ्चोक चौरी देउराली गा.पा.-५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरेल स्पाको संचालिका वर्ष ४१ की स्मृति भन्ने रमिला गौतमलाई मिति २०८१।११।२७ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाएको ।

बालिकालाई खाजाघरमा वेश्यावृत्तिमा लगाउने महिला पुर्पक्षको लागि कारागार चलान-(मिति २०८१-११-२५ गते ।)
२०८१-११-१५

परिबर्तित नाम २६ बबरमहल (३७६) को जाहेरीले परिबर्तित नाम २६ बबरमहल (३७७) वादी नेपाल सरकार प्रतिवादी आशा तामाङ भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।१०।२८ गते पक्राउ परेकी  जिल्ला भोजपुर भोजपुर न.पा.-१ घर भई हाल जिल्ला काठमाडौं, कागेश्वोरी मनोहरा नगरपालिका वडा नं.०८ पहेलो पुलस्थित श्याम खाना एण्ड खाजाघरको संचालिका वर्ष ४२ की आशा तामाङलाई मिति  २०८१।११।२५ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाएको ।

अधिक लोड >>
कम देखाउनुहोस्