प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

कार्यादेश
 

मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) बाट निर्णय भई प्रहरी नियमावली, २०७१ मा सातौ संशोधन गरेर यस व्यूरोको लागि निम्नानुसारको कार्यादेश प्राप्त भएको छ ।

•    मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर गर्न / हुन नदिने,

•    मानव बेचबिखन सम्बन्धि कसुरको अनुसन्धान गर्ने, पीडितको उद्धार एवं संरक्षणको व्यवस्था मिलाउने,

•    मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, समन्वय गर्ने र

•    मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा अभिलेख व्यवस्थापन गर्ने ।

 

 
कानूनी अधिकार :
 

•    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को परिच्छेद २ दफा ४ ले तोकेका कसूरहरुको अनुसन्धान गर्ने,
•    नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णयबाट प्रहरी नियमावली, २०७१ मा सातौ संशोधन भई प्राप्त कार्यादेशको कार्यान्वयन गर्ने ।