प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN
कानूनी अधिकार / काम कर्तव्य

 

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा ४ अनुसार :

 

मानव बेचबिखन भन्नाले:-

 

  • कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने,
  • कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,
  • प्रचलित कानून बमोजिम बाहेक मानिसको अंग झिक्ने,
  • वेश्यागमन गर्ने ।

 

मानव ओसारपसार भन्नाले:

 

  • किन्ने वा वेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने,
  • वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले, कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाईदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अविभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफुसंग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।

 

मानव बेचबिखन अनुसन्धान व्यूरोको काम, कर्तव्य र अधिकार :

 

नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र मानव बेचबिखन अनुसन्धान व्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

  • मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर सम्बन्धि जाहेरी दरखास्त लिने र अनुसन्धान गर्ने । 
  • मानव बेचबिखन सम्वन्धी कसूर तथा त्यस्तो कसूरसंग सम्बद्द भई आएका नेपाल प्रहरीले अनुसन्धान गर्ने अन्य फौजदारी कसूरको अनुसन्धान गर्ने वा गराउने ।
  • मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसरको नियन्त्रण तथा सो को अनुसन्धान सम्बन्धि कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेका कामको सुपरीवेक्षण, अनुगमन तथा समन्वय गर्ने ।
  • मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने वा गराउने ।
  • मानव बेचबिखन अनुसन्धान व्यूरोमा जाहेरी परेका वा अनुसन्धानको लागि प्राप्त भएका कसूर सम्बन्धमा अनुसन्धान गर्दा अन्य प्रहरी कार्यालयबाट बाँकी अनुसन्धान  कार्य पुरा हुन उपयुक्त देखेमा त्यस्ता मुद्दामा संकलित प्रमाण र मिसिल समेत सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने ।
  • मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान कार्य पुरा गरी सरकारी वकिल समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेपछि सोको जानकारी यस व्यूरोलाई प्राप्त नभएमा माग गर्ने । यस नियम बमोजिम अनुसन्धान तहकिकातको क्रममा मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रमुखले खटाएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई भए सरहको अधिकार प्रयोग गरी नेपालभर अनुसन्धानको काम गर्ने ।
  • प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका अन्य कार्यहरु गर्ने वा गराउने ।

 

मानव बेचबिखन अनुसन्धान व्यूरो किन ?

 

  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को मुद्दाको अनुसन्धान तथा अन्वेषण ।
  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को मुद्दाको अनुसन्धान तथा अन्वेषण बिभिन्न प्रादेशिक प्रहरीको अनुसन्धानमा क्षमता अभिवृद्दि र अनुसन्धान कार्यमा सहजिकरण गर्न ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठित जालो तोड्न, मानव बेचबिखन तथा ओसारपसार कार्यमा राष्ट्रिय तथा  अन्तराष्ट्रिय निकायसंग समन्वय गर्न ।
  • शिक्षा, व्यबसाय, वैवाहिक सम्बन्ध, रोजगारीको सिलसिलामा हुने बेचबिखन तथा ओसारपसार रोक्न ।
  • प्रदेश प्रहरी कार्यालयहरुलाई सहयोग गरि पीडितको उद्धार, पुर्नस्थापना तथा अपराधी पक्राउ गरी कानूनी दायरामा ल्याउन ।