प्रेस विज्ञप्ती
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
अनुष्ठान
"अन्तरदेशीय तथा संगठित अपराधको रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रभावकारी संयन्त्र निर्माण गरी प्रचलित नेपाल कानूनको संरक्षण र संम्वर्धन गर्दै शान्ति सुव्यवस्था कायम गर्ने ।"
-
“अनलाईन मार्फत वेश्यावृत्तिमा लगाउने प्रतिवादी पक्राउ समबन्धमा”-(मिति २०८२-१२-१९ गते ।)
२०८२-१२-१९नाजुक अवस्थाकी जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३५७) लाई प्रतिवादी शिव बहादुर सारूले जाहेरवालालाई Whatsapp मा फोन तथा म्यासेज गरि आर्थिक प्रलोभन पारी २०८१ साल असोज महिना देखि बिभिन्न माध्यमबाट ग्राहकहरु खोजि ग्राहकहरुले भने वमोजिमको होटल तथा कोठाहरुमा पठाई एक जना ग्राहकबाट रु.८,०००।- देखि रु.२०,०००।- सम्म रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अवस्थामा यस कार्यालयवाट खटिएको प्रहरी टोलीले मिति २०८१/०७/१२ गते पीडितलाई उद्धार गरी मिति २०८१।०७।२६ गते जाहेरी दरखास्त प्राप्त हुन आएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न प्रतिवादी शिव बहादुर सारु लाई खोजतलासको क्रममा मिति २०८२/१२/१८ गते साउदी अरबबाट Fly Dubai को उडान मार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा पक्राउ गरी सम्मानित काठमाडौँ जिल्ला अदालतबाट दिन ३ (तीन) को म्याद थप गरी थप अनुसन्धान भईरहेको ।
[ विस्तृतमा ] -
‘’सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीङ्ग) सम्बन्धी कसुरमा अभियोगपत्र (मुद्धा) दायर गरिएको सम्बन्धमा-(मिति २०८२-११-५ गते ।)’
२०८२-१२-०५मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान व्युरोबाट सम्बद्द कसूर मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भई उक्त मुद्धाको पुर्पक्षको लागी कारागार कार्यालय डिल्लिबजारमा थुनामा रहेका प्रतिवादी जिल्ला रुकुम पश्चिम भाग बाफिकोट गाउँपालिका वडा नं.२ घरभई हाल काठमाण्डौ वस्ने वर्ष ३८ को कल बहादुर वस्नेत र सोही-मुद्धामा फरार रहेका प्रतिवादी जिल्ला रुकुम पुर्व भाग सिस्ने गाउँपालिका वडा नं.५ घर भई हाल काठमाण्डौ वस्ने वर्ष ३१ को अमित वस्नेतको बिरुद्धमा यस व्युरोबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीड्ङ्ग) कसुरमा अनुसन्धान भई रहेकोमा उक्त कसुरको अनुसन्धान हुँदा प्रतिवादीहरुले करीब २५० जना नेपाली नागरिकहरुलाई विना ईजाजत कानून बिपरीत गैर बाटोबाट बिभिन्न देश हुदै मानव तस्करीको रुपमा अमेरीका प्रवेश गराएको देखिनुका साथै केही मानिसहरुलाई अमेरीका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारी मानव वेचबिखन, ठगीं तथा वैदेशीक रोजगार ठगी समेतका कसुर गरेको र सो कसुरबाट आर्जित रकम मध्ये प्रतिवादीहरुले केही रकम नगदै र केही रकम आफ्नो नाममा संचालनमा रहेका बिभिन्न बैंक खाताहरुमा जम्मा गर्न लगाउने गरेको देखिएको हुँदा सो सम्बन्धमा उल्लेखित प्रतिवादीहरु कल बहादुर बस्नेत र अमित बस्नेतले गरेको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), खण्ड (ख) र खण्ड (ग) तथा उपदफा (३) बमोजिमको सम्पत्ति शुद्धीकरणको कसुर भएको देखिन आएको हुँदा प्रतिवादी कल बहादुर वस्नेतलाई निजको नाममा विभिन्न बैंकहरुमा कसुरजन्य कार्यबाट प्राप्त भै शुद्धीकरण गरिएको जम्मा रकम रु. ७०,६०,५३,७२२.३३ (सत्तरी करोड साठी लाख त्रिपन्न हजार सात सय बाईस रुपैया तेतिस पैसा मात्र) लाई बिगो कायम गरी मागदाबी लिनुको साथै अर्का प्रतिवादी अमित वस्नेतलाई निजको नाममा विभिन्न बैंकहरुमा कसुरजन्य कार्यबाट प्राप्त भै शुद्दीकरण गरिएको जम्मा रकम रु.२७,४५,२९,०२८.९४ (अक्षरेपी सताईस करोड पैंतालिस लाख उनन्तिस हजार अठाईस रुपैया चौरानब्बे पैसा मात्र) गरी प्रतिवादीहरु हकमा जम्मा बिगो रु.९८,०५,८२,७५१.२७(अक्षेरुपी अन्ठानब्बे करोड पाँच लाख बयासी हजार सात सय एकाउन्न रुपैया सताईस पैसा मात्र) कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीड) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिमको कसूरमा ऐ. ऐनको दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार दुई वर्षदेखी पन्ध्र वर्षसम्म कैद सजाय हुन मागदाबी लिनुको साथै प्रतिवादीहरु कल बहादुर वस्नेत र अमित वस्नेतको नाममा हाल कायम रहेका घर जग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिई जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौबाट मिति २०८२।११।४ गते काठमाण्डौ जिल्ला अदालत. बबरमहल काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
[ विस्तृतमा ] -
मानव बेचबिखन कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान-(मिति २०८२।१२।०३ गते ।)
२०८२-१२-०५जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३८६) लाई जिल्ला काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नं.०५ शिवचोकमा रहेको जस्ताको टहरामा सञ्चालन गरेको खाजाघरमा प्रतिवादीहरु रोशनी, डल्ली भन्ने सिता र खुसी भन्ने विमला तामाङ समेतले नबालिकाहरुलाई जस्ताको टहराभित्र रहेको कोठामा जाहेरवालीलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी आर्थिक लाभ लिई जवरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको कार्यमा संलग्न रहेका प्रतिवादी अन्नु, नानु भन्ने मसली तामाङलाई मिति २०८२।१२।०१ गते पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।१२।०३ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- ''मानव बेचबिखन तथा ओसार पसार र मानव तस्करी कसुरमा संलग्न ५ (पाँच) जना प्रतिवादीहरु पक्राउ''-(मिति २०८२-१२-१९ गते ।)
- “अनलाईन मार्फत वेश्यावृत्तिमा लगाउने प्रतिवादी पक्राउ समबन्धमा”-(मिति २०८२-१२-१९ गते ।)
- “अनलाईन मार्फत वेश्यावृत्तिमा लगाउने प्रतिवादी पक्राउ ”-(मिति २०८२-१२-१९ गते ।)
- मानव बेचबिखन कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान-(मिति २०८२।१२।०५ गते ।)
- मानव बेचबिखन कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान-(मिति २०८२।१२।०३ गते ।)
- प्रेस विज्ञप्ति ९६ फागुन महिनाको प्रगति विवरण-(मिति:२०८२-१२-०५ गते ।)
- देशभरिको तथ्याङ्क विवरण
रिपोर्ट तथा प्रकाशन