प्रहरी कार्यालय
परिवर्तित नाम २६ बबरमहल (३४६) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी रविना पाख्रिन समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।०६।१५ गते पक्राउ परेका जिल्ला सिन्धुपाल्चोक इन्द्रावती-४ घर भइ हाल जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.-५ शिवचोक बस्ने वर्ष ४० को सोम तामाङ भन्ने सोम बहादुर तामाङलाई मिति २०८१।१२।०१ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नथदेवल पठाएको ।
परिबर्तित नाम २६ बबरमहल (३७७) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी स्मृति भन्ने रमिला गौतम भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।११।०२ गते पक्राउ परेकी जिल्ला काभ्रेपलाञ्चोक चौरी देउराली गा.पा.-५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरेल स्पाको संचालिका वर्ष ४१ की स्मृति भन्ने रमिला गौतमलाई मिति २०८१।११।२७ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाएको ।
परिबर्तित नाम २६ बबरमहल (३७६) को जाहेरीले परिबर्तित नाम २६ बबरमहल (३७७) वादी नेपाल सरकार प्रतिवादी आशा तामाङ भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।१०।२८ गते पक्राउ परेकी जिल्ला भोजपुर भोजपुर न.पा.-१ घर भई हाल जिल्ला काठमाडौं, कागेश्वोरी मनोहरा नगरपालिका वडा नं.०८ पहेलो पुलस्थित श्याम खाना एण्ड खाजाघरको संचालिका वर्ष ४२ की आशा तामाङलाई मिति २०८१।११।२५ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाएको ।