“अनलाईन मार्फत वेश्यावृत्तिमा लगाउने प्रतिवादी पक्राउ समबन्धमा”-(मिति २०८२-१२-१९ गते ।)
२०८२-१२-१९
- A
- A-
- A+
नाजुक अवस्थाकी जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३५७) लाई प्रतिवादी शिव बहादुर सारूले जाहेरवालालाई Whatsapp मा फोन तथा म्यासेज गरि आर्थिक प्रलोभन पारी २०८१ साल असोज महिना देखि बिभिन्न माध्यमबाट ग्राहकहरु खोजि ग्राहकहरुले भने वमोजिमको होटल तथा कोठाहरुमा पठाई एक जना ग्राहकबाट रु.८,०००।- देखि रु.२०,०००।- सम्म रकम लिई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अवस्थामा यस कार्यालयवाट खटिएको प्रहरी टोलीले मिति २०८१/०७/१२ गते पीडितलाई उद्धार गरी मिति २०८१।०७।२६ गते जाहेरी दरखास्त प्राप्त हुन आएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न प्रतिवादी शिव बहादुर सारु लाई खोजतलासको क्रममा मिति २०८२/१२/१८ गते साउदी अरबबाट Fly Dubai को उडान मार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा पक्राउ गरी सम्मानित काठमाडौँ जिल्ला अदालतबाट दिन ३ (तीन) को म्याद थप गरी थप अनुसन्धान भईरहेको ।