‘’सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीङ्ग) सम्बन्धी कसुरमा अभियोगपत्र (मुद्धा) दायर गरिएको सम्बन्धमा-(मिति २०८२-११-५ गते ।)’
२०८२-१२-०५
- A
- A-
- A+
मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान व्युरोबाट सम्बद्द कसूर मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भई उक्त मुद्धाको पुर्पक्षको लागी कारागार कार्यालय डिल्लिबजारमा थुनामा रहेका प्रतिवादी जिल्ला रुकुम पश्चिम भाग बाफिकोट गाउँपालिका वडा नं.२ घरभई हाल काठमाण्डौ वस्ने वर्ष ३८ को कल बहादुर वस्नेत र सोही-मुद्धामा फरार रहेका प्रतिवादी जिल्ला रुकुम पुर्व भाग सिस्ने गाउँपालिका वडा नं.५ घर भई हाल काठमाण्डौ वस्ने वर्ष ३१ को अमित वस्नेतको बिरुद्धमा यस व्युरोबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीड्ङ्ग) कसुरमा अनुसन्धान भई रहेकोमा उक्त कसुरको अनुसन्धान हुँदा प्रतिवादीहरुले करीब २५० जना नेपाली नागरिकहरुलाई विना ईजाजत कानून बिपरीत गैर बाटोबाट बिभिन्न देश हुदै मानव तस्करीको रुपमा अमेरीका प्रवेश गराएको देखिनुका साथै केही मानिसहरुलाई अमेरीका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारी मानव वेचबिखन, ठगीं तथा वैदेशीक रोजगार ठगी समेतका कसुर गरेको र सो कसुरबाट आर्जित रकम मध्ये प्रतिवादीहरुले केही रकम नगदै र केही रकम आफ्नो नाममा संचालनमा रहेका बिभिन्न बैंक खाताहरुमा जम्मा गर्न लगाउने गरेको देखिएको हुँदा सो सम्बन्धमा उल्लेखित प्रतिवादीहरु कल बहादुर बस्नेत र अमित बस्नेतले गरेको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), खण्ड (ख) र खण्ड (ग) तथा उपदफा (३) बमोजिमको सम्पत्ति शुद्धीकरणको कसुर भएको देखिन आएको हुँदा प्रतिवादी कल बहादुर वस्नेतलाई निजको नाममा विभिन्न बैंकहरुमा कसुरजन्य कार्यबाट प्राप्त भै शुद्धीकरण गरिएको जम्मा रकम रु. ७०,६०,५३,७२२.३३ (सत्तरी करोड साठी लाख त्रिपन्न हजार सात सय बाईस रुपैया तेतिस पैसा मात्र) लाई बिगो कायम गरी मागदाबी लिनुको साथै अर्का प्रतिवादी अमित वस्नेतलाई निजको नाममा विभिन्न बैंकहरुमा कसुरजन्य कार्यबाट प्राप्त भै शुद्दीकरण गरिएको जम्मा रकम रु.२७,४५,२९,०२८.९४ (अक्षरेपी सताईस करोड पैंतालिस लाख उनन्तिस हजार अठाईस रुपैया चौरानब्बे पैसा मात्र) गरी प्रतिवादीहरु हकमा जम्मा बिगो रु.९८,०५,८२,७५१.२७(अक्षेरुपी अन्ठानब्बे करोड पाँच लाख बयासी हजार सात सय एकाउन्न रुपैया सताईस पैसा मात्र) कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीड) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिमको कसूरमा ऐ. ऐनको दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार दुई वर्षदेखी पन्ध्र वर्षसम्म कैद सजाय हुन मागदाबी लिनुको साथै प्रतिवादीहरु कल बहादुर वस्नेत र अमित वस्नेतको नाममा हाल कायम रहेका घर जग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिई जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौबाट मिति २०८२।११।४ गते काठमाण्डौ जिल्ला अदालत. बबरमहल काठमाडौंमा आरोपपत्र दायर गरिएको ।