प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

मानव बेचबिखन कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान-(मिति २०८२।१२।०५ गते ।)

२०८२-१२-०५

  • A
  • A-
  • A+
Share

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (५१७) लाइ प्रतिवादी सुशिला थारु समेतले जिल्ला काठमाडौं टोखा नगरपालिका वडा नं.२६ बिजीमल नजिक रहेको सरु ब्युटी पार्लरमा भेट गरी तिमिलाई कुवेत देशमा ब्युटीपार्लरमा काम गर्ने गरी फ्रि भिसा फ्रि टिकटमा पठाई दिन्छौ,मासिक १२० के.डी.तलब हुन्छ भन्ने समेतको प्रलोभनमा पारी मिति २०८२ /०३/०४ गते काठमाण्डौं नयाँबसपार्कबाट डक मार्ग हुँदै वुटवल, नेपालगञ्ज हुँदै रुपेडीया नाकाबाट भारतको नयाँ दिल्ली पुर्‍याई त्याँहाबाट उम्कन भाग्न समेत नदिई जोर जर्वजस्ती गरी भारतको नयाँदिल्लीबाट हवाईमार्गबाट UAE को दुवई हुँदै कुवेतमा पुर्‍याई वेचबिखन गरी बन्धक बनाई घरेलु काममा लगाई कुटपीट गरी खाना समेत नदिई शारिरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा निज जाहेरवालीलाई घरधनीले काम गर्न नसकेको भनी २ तले घरबाट धकेलिदिई दुवै खुट्टा भाँचिई घाईते बनाएको अवस्थामा कुवेतको प्रहरीले जाहेरवालीलाई अस्पताल पुर्‍याई उपचार गराई राखेको अवस्थामा कुवेतमा रहेको युवा शक्ति नामक संस्थाको पहलमा निज जाहेरवाली मिति २०८२/०८/०९ गते कुवेतबाट नेपाल फर्कन सफल भएको भन्ने व्यहोराको  मिति २०८२।१०।०८ गतेको जाहेरी  प्राप्त भई मुद्दा दर्ता भई वारदातमा संलग्न रहेका प्रतिवादी जिल्ला सुर्खेत साविक सहारे गा.बि.स. वडा नं. १ हाल परिवर्तित गर्भाकोट गाउँपालिका वडा नं. ०५ बस्ने पल बहादुर खड्काको छोरा वर्ष ४८ को ससिराम खड्का (ना.प्र.प.नं. २४८९६ सुर्खेत) लाई मिति २०८२/१२/०२ गते जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं. ०५ स्थितबाट पक्राउ गरी मिति २०८२/१२/०५ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश हुँदा सम्मानित अदालतको थुनछेक आदेशले निज प्रतिबादीलाई पुर्पक्षको लागी कारागार कार्यालय जगन्नाथदेवल पठाईएको । 

सम्बन्धित समाचार
‘’सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीङ्ग) सम्बन्धी कसुरमा अभियोगपत्र (मुद्धा) दायर गरिएको सम्बन्धमा-(मिति २०८२-११-५ गते ।)’
२०८२-१२-०५

मानव वेचबिखन तथा ओसारपसार अनुसन्धान व्युरोबाट सम्बद्द कसूर मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भई उक्त मुद्धाको पुर्पक्षको लागी कारागार कार्यालय डिल्लिबजारमा थुनामा रहेका प्रतिवादी जिल्ला रुकुम पश्चिम भाग बाफिकोट गाउँपालिका वडा नं.२ घरभई हाल काठमाण्डौ वस्ने वर्ष ३८ को कल बहादुर वस्नेत र सोही-मुद्धामा फरार रहेका प्रतिवादी जिल्ला रुकुम पुर्व भाग सिस्ने गाउँपालिका वडा नं.५ घर भई हाल काठमाण्डौ वस्ने वर्ष ३१ को अमित वस्नेतको बिरुद्धमा यस व्युरोबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीड्ङ्ग) कसुरमा अनुसन्धान भई रहेकोमा उक्त कसुरको अनुसन्धान हुँदा प्रतिवादीहरुले करीब २५० जना नेपाली नागरिकहरुलाई विना ईजाजत कानून बिपरीत गैर बाटोबाट बिभिन्न देश हुदै मानव तस्करीको रुपमा अमेरीका प्रवेश गराएको देखिनुका साथै केही मानिसहरुलाई अमेरीका लैजाने भनि विभिन्न देशमा लगी अलपत्र पारी मानव वेचबिखन, ठगीं तथा वैदेशीक रोजगार ठगी समेतका कसुर गरेको र सो कसुरबाट आर्जित रकम मध्ये प्रतिवादीहरुले केही रकम नगदै र केही रकम आफ्नो नाममा संचालनमा रहेका बिभिन्न बैंक खाताहरुमा जम्मा गर्न लगाउने गरेको देखिएको हुँदा सो सम्बन्धमा उल्लेखित प्रतिवादीहरु कल बहादुर बस्नेत र अमित बस्नेतले गरेको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), खण्ड (ख) र खण्ड (ग) तथा उपदफा (३) बमोजिमको सम्पत्ति शुद्धीकरणको कसुर भएको देखिन आएको हुँदा प्रतिवादी कल बहादुर वस्नेतलाई निजको नाममा विभिन्न बैंकहरुमा कसुरजन्य कार्यबाट प्राप्त भै शुद्धीकरण गरिएको जम्मा रकम रु. ७०,६०,५३,७२२.३३ (सत्तरी करोड साठी लाख त्रिपन्न हजार सात सय बाईस रुपैया तेतिस पैसा मात्र) लाई बिगो कायम गरी मागदाबी लिनुको साथै अर्का प्रतिवादी अमित वस्नेतलाई निजको नाममा विभिन्न बैंकहरुमा कसुरजन्य कार्यबाट प्राप्त भै शुद्दीकरण गरिएको जम्मा रकम रु.२७,४५,२९,०२८.९४ (अक्षरेपी सताईस करोड पैंतालिस लाख उनन्तिस हजार अठाईस रुपैया चौरानब्बे पैसा मात्र) गरी प्रतिवादीहरु हकमा जम्मा बिगो रु.९८,०५,८२,७५१.२७(अक्षेरुपी अन्ठानब्बे करोड पाँच लाख बयासी हजार सात सय एकाउन्न रुपैया सताईस पैसा मात्र) कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीड) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) तथा उपदफा (३) बमोजिमको कसूरमा ऐ. ऐनको दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार दुई वर्षदेखी पन्ध्र वर्षसम्म कैद सजाय हुन मागदाबी लिनुको साथै प्रतिवादीहरु कल बहादुर वस्नेत र अमित वस्नेतको नाममा हाल कायम रहेका घर जग्गा, बैंक मौज्दात तथा बिमा रकम सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३४ बमोजिम जफत गरी पाउन मागदावी लिई जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौबाट मिति २०८२।११।४ गते काठमाण्डौ जिल्ला अदालत. बबरमहल काठमाडौंमा आरोपपत्र दायर गरिएको ।

मानव बेचबिखन कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान-(मिति २०८२।१२।०३ गते ।)
२०८२-१२-०५

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३८६) लाई जिल्ला काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नं.०५ शिवचोकमा रहेको जस्ताको टहरामा सञ्चालन गरेको खाजाघरमा प्रतिवादीहरु रोशनी, डल्ली भन्ने सिता र खुसी भन्ने विमला तामाङ समेतले  नबालिकाहरुलाई जस्ताको टहराभित्र रहेको कोठामा जाहेरवालीलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी आर्थिक लाभ लिई जवरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको कार्यमा संलग्न रहेका प्रतिवादी अन्नु, नानु भन्ने मसली तामाङलाई मिति २०८२।१२।०१ गते पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।१२।०३ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार  कार्यालय जगन्नाथदेवल थुनामा पठाएको ।

मानव बेचबिखन कसूरका प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान ।
२०८२-०४-१८

जाहेरवाली महिला परिवर्तित नाम २६ बबरमहल (३९२) लाई प्रतिवादी टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल समेतले फेसबुक मार्फत कुराकानी गरी विरगंजमा Stage Dance Show गर्ने, प्रति Show रु.४०००।- (चार हजार) कमाई हुन्छ, खान बस्न समेत फ्रि हुन्छ, तिमिसँग आउने पैसा छैन भने लिन पठाईदिन्छु भनी प्रलोभनमा पारी मिति २०८१/१२/३० गते राती २१:१५ बजे काठमाडौँ कलंकी बाबा पेट्रोल पम्प नजिकबाट पीडितलाई पठाओ चढाई थानकोटसम्म लगी थानकोटबाट बसमा चढाई पर्सा स्थित नेपाल भारत सिमा विरगंजमा फुपु नाता पर्नेसँग विवाहको लागि भारत जान लागेको बहाना बनाई प्रतिवादीले आधार कार्ड समेत देखाएर नेपाल-भारत सीमा पार गराई भारतको बिहार मोतीहारी जिल्ला रक्सौल छौडादानो कठनौतियामा पुऱ्याई म्युजिकल आर्केस्ट्रा ग्रुप लेखेको घरमा राखि बिभिन्न ठाउँहरुमा दैनिक ५ ठाउँमा १७/१८ घण्टा सम्म आराम गर्न नदिई नाच्न लगाई यौन दुर्व्यवहार समेत गरी, विरामी हुँदा उपचार नगरी मोवाईल खोसी बन्धक बनाई जवरजस्ती काममा लगाईरहेको अवस्थामा माईती नेपालद्धारा उद्धार भई यस ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारको कसूरमा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको पीडितको जाहेरी दरखास्तको आधारमा प्रतिवादी टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाललाई खोजतलास गर्ने क्रममा मिति २०८२/०३/२३ गते जिल्ला पर्सा पोखरिया नगरपालिका ०१ बाट र निजकै श्रीमती वर्ष  ३० की जानकी  चौधरी भन्ने जानकी देवीलाई मिति २०८२/०४/०३ गते काठमाण्डौबाट पक्राउ गरी मिति २०८२/०४/१८ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश हुँदा सम्मानित अदालतको थुनछेक आदेशले निज प्रतिबादीहरुलाई पुर्पक्षको लागी कारागार कार्यालय जगन्नाथदेवल पठाईएको । 

मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुरोध ।
२०८२-०२-२६

WhatsApp, Viber लगायतका Digital Social Platform हरुमा नजिकको चिनजानका साथीहरु र आफन्तहरुलाई भारतमा राम्रो कम्पनीमा बिभिन्न पोष्टहरु जस्तै सेक्युरिटीगार्ड, सुपरभाईजर, प्याकिङ लगायतका क्षमताअनुसार सबै पोष्टहरुमा आकर्षक तलब र सेवा सुविधा सहित राम्रो कामको अवसर छ भनी एजेन्टहरु समेत खडागरी झुक्यानमा पारी भारतको सीमा सम्म बोलाई भारतको बिभिन्न ठाँउहरुमा लगी उनीहरुलाई काउन्सिलिङ गरी ठुलो संख्यामा नेपालीहरुलाई होस्टेलमा राखी ठगी गर्ने घटनाहरु बढीरहेको प्रति मानव बेचबिखन अनुसन्धान ब्युरोको गम्भिर ध्यानआकर्षण भएको छ। यस सम्बन्धमा नेपाल भारतको विभिन्न सीमा नाकाहरुबाट भारतको बिहार राज्यको Muzaffarpur तथा सोहि ठाउँको खपडा मन्दिर नजिक आसपासका क्षेत्रहरुमा र उत्तर प्रदेश स्थित रुद्रपुर भन्ने ठाउमा फेक कम्पनीहरु (Revibe Manufacturing Company Ltd, Modern Fashion Trade Mart, Revive Skill Development And Trading LLP) स्थापना गरी झुक्क्याई भारतमा लग्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको, उक्त कम्पनीले WhatsApp मार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई कर्मचारी भर्ना छनोट सम्बन्धि नक्कली कागजातहरु (Employee Provident Funds Scheme, Medical Insurance Form, Employee Agreement, Selected Candidate List, Company Appointment) सिर्जना गरी कर्मचारीको रुपमा छनोट गारिएको विश्वास दिलाई WhatsApp मार्फत पठाउने समेत गरेको, माथी उलेखित ठाउँमा पुर्याइ एक हप्ता तालीम गराए पश्चात भनिए अनुसारको काम लगाउने भनी विश्वास दिलाई Hold गर्ने गरेको साथै उक्त स्थानमा गएका नेपालीहरुलाई बिभिन्न प्रलोभन देखाई Pyramid Style Network बनाउन उत्प्रेरित गरी तालिमहरु संचालन गर्ने गरेको, अतः आश्वासन देखाए बमोजिमको कुनै पनि काममा नलगाउने र त्यसरी लगेका ब्यक्तिहरुबाट प्रारम्भिक चरणमा विभिन्न कागजातहरु बनाउने भनी भा.रु. ९,५००।- देखि १२,५००।- सम्म रकम असुल गरे पश्चात ती व्यक्तिहरुलाई हप्ता दश दिनको तालिम प्रदान गरी विभिन्न क्षेत्रको अनुभव प्राप्त गरेको कागजात बनाउन थप रकम रू. २,००,०००।- सम्म असुल गर्नुका साथै सोही बमोजिम ठगीका क्रियाकलापहरु सञ्चालन गर्नको लागी दवाव, प्रभाव र झुटो आश्वासनमा पारी सो कार्यमा लाग्नको लागि प्रेरित गर्ने गरेको हुँदा यस प्रकृतिको ठगीबाट जोगिन यस्ता बिज्ञापनहरु र कुनै प्रकारको आश्वासन, प्रलोभन तथा विश्वासमा नपर्नुहुन मानव बेचबिखन अनुसन्धान व्युरो हार्दिक अनुरोध गर्दछ।

कम्बोडिया पुर्‍याई बेचबिखन गर्ने अभियुक्तहरु धरौटीमा रिहा ।
२०८२-०२-१३

जाहेरवाली परिवर्तित नाम  बबरमहल (७७) लाई प्रतिवादी किसान राई समेतले कम्बोडियामा स्टोर किपरको काम गर्ने, मासिक रु.१ लाख कमाई हुने प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पठाउन खोज्दा कागजातहरु नमिलेको भनी फिर्ता गरेपछि प्रतिवादीहरुले अब भारत हुँदै जाने भनी मिति २०७६/११/१८ गते काँकडभिट्टाबाट भारत-म्यानमार-थाईल्याण्ड हुँदै कम्बोडिया पुर्‍याई जाहेरवालीलाई प्रतिवादीहरु केदार राई, सुरवीर राई र स्नेहा राई भन्ने स्नेह राईले रिसिभ गरी चिनिया नागरिक बस्ने घरमा पुर्‍याई घरायसी कामकाजमा लगाई दिने भनी यौन दुर्ब्यवहार गरी शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा जाहेरवाला भागी कम्बोडिया स्थित NRN संस्थाको सहयोगमा नेपाल फर्कन सफल भएको मानव वेचविखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरु मध्य किसान राई र हरी कुमार राई यस अघि नै पक्राउ परी सम्मानित काठमाडौँ जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं पुर्पक्षको लागि थुनामा गएको, उक्त मुद्दामा हालसम्म फरार रहेका प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राई विरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखाको अनुरोधमा ईन्टरपोल महासचिवालयद्वारा सन् २०२४ जुलाई १२ मा Diffusion जारी भएकोमा प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राईलाई मिति २०८२/०२/०९ गते त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा आगमन हुने क्रममा ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस ब्युरोमा दाखिला हुन आएकोमा निज प्रतिवादीहरुलाई मिति २०८२/०२/१३ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा सम्मानित काठमाण्डौं जिल्ला अदालतको आदेशले प्रतिवादीहरू केदार राई र स्नेहा राई भन्ने स्नेह राई प्रतिव्यक्ति रु. ६०,०००।–(साठी हजार मात्र) धरौटीमा छुटेको ।