मानव बेचबिखन कसूरका प्रतिवादी पुर्पक्षको लागि कारागार चलान ।
२०८२-१२-०५
- A
- A-
- A+
जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३८६) लाई जिल्ला काठमाडौ गोकर्णेश्वर नगरपालिका वडा नं.०५ शिवचोकमा रहेको जस्ताको टहरामा सञ्चालन गरेको खाजाघरमा प्रतिवादीहरु रोशनी, डल्ली भन्ने सिता र खुसी भन्ने विमला तामाङ समेतले नबालिकाहरुलाई जस्ताको टहराभित्र रहेको कोठामा जाहेरवालीलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी आर्थिक लाभ लिई जवरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको कार्यमा संलग्न रहेका प्रतिवादी अन्नु, नानु भन्ने मसली तामाङलाई मिति २०८२।१२।०१ गते पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।१२।०३ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको ।