मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुरोध ।
२०८२-०२-२६
- A
- A-
- A+

WhatsApp, Viber लगायतका Digital Social Platform हरुमा नजिकको चिनजानका साथीहरु र आफन्तहरुलाई भारतमा राम्रो कम्पनीमा बिभिन्न पोष्टहरु जस्तै सेक्युरिटीगार्ड, सुपरभाईजर, प्याकिङ लगायतका क्षमताअनुसार सबै पोष्टहरुमा आकर्षक तलब र सेवा सुविधा सहित राम्रो कामको अवसर छ भनी एजेन्टहरु समेत खडागरी झुक्यानमा पारी भारतको सीमा सम्म बोलाई भारतको बिभिन्न ठाँउहरुमा लगी उनीहरुलाई काउन्सिलिङ गरी ठुलो संख्यामा नेपालीहरुलाई होस्टेलमा राखी ठगी गर्ने घटनाहरु बढीरहेको प्रति मानव बेचबिखन अनुसन्धान ब्युरोको गम्भिर ध्यानआकर्षण भएको छ।
यस सम्बन्धमा नेपाल भारतको विभिन्न सीमा नाकाहरुबाट भारतको बिहार राज्यको Muzaffarpur तथा सोहि ठाउँको खपडा मन्दिर नजिक आसपासका क्षेत्रहरुमा र उत्तर प्रदेश स्थित रुद्रपुर भन्ने ठाउमा फेक कम्पनीहरु (Revibe Manufacturing Company Ltd, Modern Fashion Trade Mart, Revive Skill Development And Trading LLP) स्थापना गरी झुक्क्याई भारतमा लग्ने गरेको भन्ने सूचना प्राप्त हुन आएको,
उक्त कम्पनीले WhatsApp मार्फत सम्पर्कमा आएका व्यक्तिहरुलाई कर्मचारी भर्ना छनोट सम्बन्धि नक्कली कागजातहरु (Employee Provident Funds Scheme, Medical Insurance Form, Employee Agreement, Selected Candidate List, Company Appointment) सिर्जना गरी कर्मचारीको रुपमा छनोट गारिएको विश्वास दिलाई WhatsApp मार्फत पठाउने समेत गरेको,
माथी उलेखित ठाउँमा पुर्याइ एक हप्ता तालीम गराए पश्चात भनिए अनुसारको काम लगाउने भनी विश्वास दिलाई Hold गर्ने गरेको साथै उक्त स्थानमा गएका नेपालीहरुलाई बिभिन्न प्रलोभन देखाई Pyramid Style Network बनाउन उत्प्रेरित गरी तालिमहरु संचालन गर्ने गरेको,
अतः आश्वासन देखाए बमोजिमको कुनै पनि काममा नलगाउने र त्यसरी लगेका ब्यक्तिहरुबाट प्रारम्भिक चरणमा विभिन्न कागजातहरु बनाउने भनी भा.रु. ९,५००।- देखि १२,५००।- सम्म रकम असुल गरे पश्चात ती व्यक्तिहरुलाई हप्ता दश दिनको तालिम प्रदान गरी विभिन्न क्षेत्रको अनुभव प्राप्त गरेको कागजात बनाउन थप रकम रू. २,००,०००।- सम्म असुल गर्नुका साथै सोही बमोजिम ठगीका क्रियाकलापहरु सञ्चालन गर्नको लागी दवाव, प्रभाव र झुटो आश्वासनमा पारी सो कार्यमा लाग्नको लागि प्रेरित गर्ने गरेको हुँदा यस प्रकृतिको ठगीबाट जोगिन यस्ता बिज्ञापनहरु र कुनै प्रकारको आश्वासन, प्रलोभन तथा विश्वासमा नपर्नुहुन मानव बेचबिखन अनुसन्धान व्युरो हार्दिक अनुरोध गर्दछ।