कम्बोडिया पुर्याई बेचबिखन गर्ने अभियुक्तहरु धरौटीमा रिहा ।
२०८२-०२-१३
- A
- A-
- A+

जाहेरवाली परिवर्तित नाम बबरमहल (७७) लाई प्रतिवादी किसान राई समेतले
कम्बोडियामा स्टोर किपरको काम गर्ने, मासिक रु.१ लाख कमाई हुने प्रलोभनमा पारी त्रिभुवन
अन्तर्राष्ट्रिय बिमानस्थलबाट पठाउन खोज्दा कागजातहरु नमिलेको भनी फिर्ता गरेपछि
प्रतिवादीहरुले अब भारत हुँदै जाने भनी मिति २०७६/११/१८ गते काँकडभिट्टाबाट
भारत-म्यानमार-थाईल्याण्ड हुँदै कम्बोडिया पुर्याई जाहेरवालीलाई प्रतिवादीहरु
केदार राई, सुरवीर राई र स्नेहा राई भन्ने स्नेह राईले रिसिभ गरी चिनिया नागरिक
बस्ने घरमा पुर्याई घरायसी कामकाजमा लगाई दिने भनी यौन दुर्ब्यवहार गरी शारीरिक
तथा मानसिक यातना दिई राखेको अवस्थामा जाहेरवाला भागी कम्बोडिया स्थित NRN संस्थाको
सहयोगमा नेपाल फर्कन सफल भएको मानव वेचविखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरु मध्य
किसान राई र हरी कुमार राई यस अघि नै पक्राउ परी सम्मानित काठमाडौँ जिल्ला अदालतको
आदेशले कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं पुर्पक्षको लागि थुनामा गएको, उक्त
मुद्दामा हालसम्म फरार रहेका प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राई
विरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखाको
अनुरोधमा ईन्टरपोल महासचिवालयद्वारा सन् २०२४ जुलाई १२ मा Diffusion जारी भएकोमा प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राईलाई मिति
२०८२/०२/०९ गते त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा आगमन हुने क्रममा ईन्टरपोल
शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस ब्युरोमा दाखिला हुन आएकोमा निज प्रतिवादीहरुलाई मिति २०८२/०२/१३ गते सम्मानित
काठमाडौँ जिल्ला
अदालतमा उपस्थित गराउँदा सम्मानित काठमाण्डौं जिल्ला अदालतको आदेशले प्रतिवादीहरू
केदार राई र स्नेहा राई भन्ने स्नेह राई प्रतिव्यक्ति रु. ६०,०००।–(साठी हजार
मात्र) धरौटीमा छुटेको ।