महिलालाई इराकमा बेचबिखन गर्ने अभियुक्त पुर्पक्ष थुनाको लागि कारागार चलान
२०८१-१२-२७
- A
- A-
- A+

जाहेरवाला
परिवर्तित नाम २६ बबरमहल ३७९ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिरा तामाङ
समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दाका अभियुक्त जिल्ला नुवाकोट तारेकश्वर
गाउँपालिका वडा नं.-५ बस्ने वर्ष ३४ को हिरा तामाङलाई आवस्यक अनुसन्धान पश्चात
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत
बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२७ गतेको थुनछेक आदेशले निजलाई रु.
१,००,०००/- (एक लाख) धरौटी रकम माग भएकोमा उक्त रकम बुझाउन नसकी पुर्पक्ष थुनाको
लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।