प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

महिलालाई भारत पुर्‍याई बेचबिखन गर्ने अभियुक्तहरु पुर्पक्षको लागि कारागार चलान (मिति:२०८१/१२/१९ गते।)

२०८१-१२-१९

  • A
  • A-
  • A+
Share

जाहेरवाली परिवर्तित २६ बबरमहल ३८० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मान बहादुर तामाङ समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-७ बस्ने वर्ष ३२ को मान बहादुर तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-६ बस्ने वर्ष २४ को थोकर भन्ने सोम बहादुर तामाङलाई काठमाडौं जिल्ला अदालत बबरमहलको मिति २०८१।१२।१९ गतेको थुनछेक आदेशले  पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।

 

सम्बन्धित समाचार
कम्बोडिया पुर्‍याई बेचबिखन गर्ने अभियुक्तहरु धरौटीमा रिहा ।
२०८२-०२-१३

जाहेरवाली परिवर्तित नाम  बबरमहल (७७) लाई प्रतिवादी किसान राई समेतले कम्बोडियामा स्टोर किपरको काम गर्ने, मासिक रु.१ लाख कमाई हुने प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पठाउन खोज्दा कागजातहरु नमिलेको भनी फिर्ता गरेपछि प्रतिवादीहरुले अब भारत हुँदै जाने भनी मिति २०७६/११/१८ गते काँकडभिट्टाबाट भारत-म्यानमार-थाईल्याण्ड हुँदै कम्बोडिया पुर्‍याई जाहेरवालीलाई प्रतिवादीहरु केदार राई, सुरवीर राई र स्नेहा राई भन्ने स्नेह राईले रिसिभ गरी चिनिया नागरिक बस्ने घरमा पुर्‍याई घरायसी कामकाजमा लगाई दिने भनी यौन दुर्ब्यवहार गरी शारीरिक तथा मानसिक यातना दिई राखेको अवस्थामा जाहेरवाला भागी कम्बोडिया स्थित NRN संस्थाको सहयोगमा नेपाल फर्कन सफल भएको मानव वेचविखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरु मध्य किसान राई र हरी कुमार राई यस अघि नै पक्राउ परी सम्मानित काठमाडौँ जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं पुर्पक्षको लागि थुनामा गएको, उक्त मुद्दामा हालसम्म फरार रहेका प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राई विरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग ईन्टरपोल शाखाको अनुरोधमा ईन्टरपोल महासचिवालयद्वारा सन् २०२४ जुलाई १२ मा Diffusion जारी भएकोमा प्रतिवादीहरु केदार राई र स्नेहा राई भन्ने स्नेह राईलाई मिति २०८२/०२/०९ गते त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा आगमन हुने क्रममा ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी यस ब्युरोमा दाखिला हुन आएकोमा निज प्रतिवादीहरुलाई मिति २०८२/०२/१३ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा सम्मानित काठमाण्डौं जिल्ला अदालतको आदेशले प्रतिवादीहरू केदार राई र स्नेहा राई भन्ने स्नेह राई प्रतिव्यक्ति रु. ६०,०००।–(साठी हजार मात्र) धरौटीमा छुटेको ।

बेचबिखन मानव मुद्दाको प्रतिवादी धरौटी रकम तिर्न नसकी थुनामा पठाइएको
२०८२-०१-०७

जाहेरवाली परिवर्तित नाम २६ बबरमहल (२५०) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश लामा भन्ने सिसम लामा समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिवादीले जाहेरवालीहरुलाई जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटी स्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउसमा जवरजस्ती वेश्यावृत्तिमा लगाई वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी राकेश लामा भन्ने सिसम लामालाई यस ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०१/०३ गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटीबाट पक्राउ गरी सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०८२/०१/०७ गतेको आदेशले निज प्रतिवादीलाई १ लाख धरौटी माग भएकोमा सो रकम तिर्न नसकी थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं थुनामा पठाएको ।

बालिकालाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने गेष्ट हाउस सञ्चालक पुर्पक्षको लागि कारागार चलान- (मिति २०८१-१२-२९ गते)
२०८१-१२-२९

परिवर्तित नाम २६ बबरमहल (३८२) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी शम्भु लाल मल्ल भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।१२।०४ गते पक्राउ परेका जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं. ६ स्थाइ वतन भई जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु स्थितमा रहेको पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक शम्भु लाल मल्ललाई अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२९ गतेको थुनछेक आदेशले निजलाई पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।