दृष्टिकोण, अनुष्ठान र उदे्श्य
दृष्टिकोण (Vision):-
मानव बेचबिखन तथा ओसारपसार अपराध मुक्त नेपालको स्थापना गर्ने ।
अनुष्ठान (Mission):
अन्तरदेशीय तथा संगठित अपराधको रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रभावकारी संयन्त्र निर्माण गरी प्रचलित नेपाल कानूनको संरक्षण र संम्वर्धन गर्दै शान्ति सुव्यवस्था कायम गर्ने ।
उदे्श्यहरु (Objectives):
- मानब बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधको प्रभावकारी रोकथाम र अनुसन्धान गर्ने,
- मानब बेचबिखन र ओसारपसारबाट भएका पीडितहरुको उद्धार र संरक्षणमा सहयोग, र समन्वय गर्ने,
- मानब बेचबिखन सम्बन्धमा अन्य प्रहरी कार्यालयहरुबाट भए गरेका कार्यहरुको सुपरिबेक्षण, अनुगमन, सहयोग र समन्वय गर्ने,
- मानब बेचबिखन विरुद्ध जनचेतनामूलक र सशक्तीकरणका कार्यक्रमहरु संचालन गर्ने,
- मानब बेचबिखनको सम्बन्धमा अन्तराष्ट्रिय समन्वय र साझेदारी कायम राख्ने,