प्रहरी कार्यालय
जाहेरवाली महिला परिवर्तित नाम २६ बबरमहल (३९२) लाई प्रतिवादी टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल समेतले फेसबुक मार्फत कुराकानी गरी विरगंजमा Stage Dance Show गर्ने, प्रति Show रु.४०००।- (चार हजार) कमाई हुन्छ, खान बस्न समेत फ्रि हुन्छ, तिमिसँग आउने पैसा छैन भने लिन पठाईदिन्छु भनी प्रलोभनमा पारी मिति २०८१/१२/३० गते राती २१:१५ बजे काठमाडौँ कलंकी बाबा पेट्रोल पम्प नजिकबाट पीडितलाई पठाओ चढाई थानकोटसम्म लगी थानकोटबाट बसमा चढाई पर्सा स्थित नेपाल भारत सिमा विरगंजमा फुपु नाता पर्नेसँग विवाहको लागि भारत जान लागेको बहाना बनाई प्रतिवादीले आधार कार्ड समेत देखाएर नेपाल-भारत सीमा पार गराई भारतको बिहार मोतीहारी जिल्ला रक्सौल छौडादानो कठनौतियामा पुऱ्याई म्युजिकल आर्केस्ट्रा ग्रुप लेखेको घरमा राखि बिभिन्न ठाउँहरुमा दैनिक ५ ठाउँमा १७/१८ घण्टा सम्म आराम गर्न नदिई नाच्न लगाई यौन दुर्व्यवहार समेत गरी, विरामी हुँदा उपचार नगरी मोवाईल खोसी बन्धक बनाई जवरजस्ती काममा लगाईरहेको अवस्थामा माईती नेपालद्धारा उद्धार भई यस ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारको कसूरमा कानून बमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको पीडितको जाहेरी दरखास्तको आधारमा प्रतिवादी टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाललाई खोजतलास गर्ने क्रममा मिति २०८२/०३/२३ गते जिल्ला पर्सा पोखरिया नगरपालिका ०१ बाट र निजकै श्रीमती वर्ष ३० की जानकी चौधरी भन्ने जानकी देवीलाई मिति २०८२/०४/०३ गते काठमाण्डौबाट पक्राउ गरी मिति २०८२/०४/१८ गते सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेश हुँदा सम्मानित अदालतको थुनछेक आदेशले निज प्रतिबादीहरुलाई पुर्पक्षको लागी कारागार कार्यालय जगन्नाथदेवल पठाईएको ।