प्रहरी कार्यालय
परिवर्तित नाम २६ बबरमहल (३८२) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी शम्भु लाल मल्ल भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।१२।०४ गते पक्राउ परेका जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं. ६ स्थाइ वतन भई जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु स्थितमा रहेको पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक शम्भु लाल मल्ललाई अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२९ गतेको थुनछेक आदेशले निजलाई पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।
जाहेरवाला परिवर्तित नाम २६ बबरमहल ३७९ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिरा तामाङ समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दाका अभियुक्त जिल्ला नुवाकोट तारेकश्वर गाउँपालिका वडा नं.-५ बस्ने वर्ष ३४ को हिरा तामाङलाई आवस्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२७ गतेको थुनछेक आदेशले निजलाई रु. १,००,०००/- (एक लाख) धरौटी रकम माग भएकोमा उक्त रकम बुझाउन नसकी पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।
जाहेरवाला परिवर्तित नाम काठमाण्डौ २६ सि.आई.बि. ४४० समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल कुमार न्यौपाने समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका-१ बस्ने वर्ष ४६ को कमल कुमार शर्मा भन्ने कमल कुमार न्यौपानेलाई खोजतलास गर्ने क्रममा नेपाल भारत सिमाना गड्डाचौकीबाट पक्राउ गरि आवस्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश हुँदा उक्त अदालतको मिति २०८१।१२।२२ गतेको थुनछेक आदेशले निजलाई पुर्पक्ष थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।
जाहेरवाली परिवर्तित २६ बबरमहल ३८० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मान बहादुर तामाङ समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेका प्रतिवादीहरु जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-७ बस्ने वर्ष ३२ को मान बहादुर तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा.-६ बस्ने वर्ष २४ को थोकर भन्ने सोम बहादुर तामाङलाई काठमाडौं जिल्ला अदालत बबरमहलको मिति २०८१।१२।१९ गतेको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको ।
परिवर्तित नाम २६ बबरमहल (३४६) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रतिवादी रविना पाख्रिन समेत भएको मानव बेचबेखिन तथा ओसारपसार मुद्दामा मिति २०८१।०६।१५ गते पक्राउ परेका जिल्ला सिन्धुपाल्चोक इन्द्रावती-४ घर भइ हाल जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.-५ शिवचोक बस्ने वर्ष ४० को सोम तामाङ भन्ने सोम बहादुर तामाङलाई मिति २०८१।१२।०१ गतेको काठमाण्डौ जिल्ला अदालत बबरमहलको थुनछेक आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नथदेवल पठाएको ।