प्रहरी कार्यालय
जाहेरवाला परिवर्तित नाम २६ बबरमहल २१४ लाई प्रतिवादीहरु लक्षीराम पुन समेतले अमेरिका पठाईदिन्छु भनि थाइल्याण्ड पुर्याई ३ महिना सम्म बन्धक बनाई त्यसपछी थाइल्याण्डबाट मेक्सिको लाने भनी फिलिपिन्स पुर्याई अलपत्र पारेको मानव बेचबिखन तथा ओसारपसार कसूरका प्रतिवादी लक्षीराम पुन मिति २०८२/०१/१५ गतेको सम्मानित काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशले रु.५,००,०००।–(पाँच लाख)मा धरौटीमा छुटको ।
जाहेरवाली परिवर्तित नाम २६ बबरमहल (२५०) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राकेश लामा भन्ने सिसम लामा समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिवादीले जाहेरवालीहरुलाई जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटी स्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउसमा जवरजस्ती वेश्यावृत्तिमा लगाई वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी राकेश लामा भन्ने सिसम लामालाई यस ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०१/०३ गते जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.३२ जडीबुटीबाट पक्राउ गरी सम्मानित काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा मिति २०८२/०१/०७ गतेको आदेशले निज प्रतिवादीलाई १ लाख धरौटी माग भएकोमा सो रकम तिर्न नसकी थुनाको लागि कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं थुनामा पठाएको ।